
काठमाडौं, फागुन २ । सिईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।
सिईओ क्लव ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सिईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । त्यस्तै कतार एयरवेजले पनि सिईओ क्लव ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीहरुलाई सेवा दिन पाउने जनाइएको छ ।
सम्झौता पत्रमा सिईओ क्लव नेपाल च्याप्टरका तर्फबाट डा. शम्भु पोखरेल र कतार एयरवेजका तर्फबाट सरिक बोगटीले हस्ताक्षर गर्नुभएको हो । सम्झौता भएसँगै क्लवका नेपाल भित्रका सदस्यहरुले मात्रै गन्तव्यसम्म पुग्नका लागि सो सुविधा पाउने डा. पोखरेलेल बताउनुभयो ।
सिईओ क्लव ग्लोबल अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यालय रहेको संस्था हो । यस संस्थाको सय बढी देशमा नेटवर्क रहेको जनाइएको छ । निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरु, कूटनीतिक नियोगका प्रमुख, उच्च सरकारी ओहोदाका व्यक्ति सदस्य रहने यस क्लवमा विश्वभर १० हजार बढी सदस्य रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्