५ असार २०८१, बुधबार | Wed Jun 19 2024


आईसीसी यू–१९ विश्वकप : उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्दै


130
Shares

काठमाडौं । आईसीसी यू–१९ एकदिवसीय विश्वकपको फाइनलमा भारत र इंग्ल्यान्ड भिड्दैछन् ।

यी दुई टोलीबीचको खेल वेस्ट इन्डिजको नर्थ साउन्डमा नेपाली समय अनुसार शनिबार राति पौने ७ बजे सुरु हुनेछ । इंग्ल्यान्ड २४ वर्षपछि पहिलो पटक यू–१९ विश्वकपको उपाधि जित्ने दाउमा रहेको छ ।

इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो । इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।

यता भारत भने पाँचौ पटक विश्वकपको उपाधि आफ्नो पोल्टामा पर्न चाहन्छ । यसअघि भारतले सन् २०००, २००८, २०१२ तथा २०१८ मा उपाधि हात पारेको थियो ।

सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । भारतले अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौंपटक फाइनलमा स्थान बनाएको हो ।

भारतको कप्तानी यश धुलले गर्दा इंल्यान्ड टम प्रेस्टको कप्तानीमा मैदानमा उत्रनेछ ।