 
	    काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले घटेकोे छ ।
गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक ४ दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अंकले वृद्धि भएको थियो ।
यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेर २ हजार ७७९.९८ विन्दुमा झरेको छ । अघिल्लो साता ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले घटेको छ ।
पछिल्लो ३ साता लगातार रुपमा बढेको नेप्से परिसूचक यो साता भारी अंकले गिरावट आएको हो । पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि गिरावट आएको छ ।
गतसाता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता भने २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।
यो साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले सम्पति घटेर ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्