रसुवा भन्सारः आयातबाट ४ अर्ब बढी राजस्व, निर्यात शून्य « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


रसुवा भन्सारः आयातबाट ४ अर्ब बढी राजस्व, निर्यात शून्य


26
Shares

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको ६ महिनामा वार्षिक लक्ष्यको ६३ दशमलव ७१ प्रतिशत राजस्व संकलन गरेको छ । ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा चालु आर्थिक वर्षको छ महिनामा ४ अर्ब ३४ करोड संकलन भइसकेको प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्यांकनबाट प्राप्त राजस्व हो ।

कारोना महामारी सुरु भएपछि चिनियाँ पक्षले दैनिक नौ वटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुल छेउमा सामान ल्याई दिने गरका छन् ।

दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मकरुपमा हेर्दा यस वर्ष झन्डै साढे दुई गुनाले बढेको छ ।

गतवर्षको यस अवधिमा एक अर्ब ७२ करोड २४ लाख दुई हजार रुपैयाँ मात्र असुली भएको थियो ।

साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीलगायत आयात भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । चीनतर्फ जाने निर्यात भने शून्य छ ।