थपिए ६ हजार ४६२ संक्रमित, ४ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


थपिए ६ हजार ४६२ संक्रमित, ४ जनाको मृत्यु


1.937k
Shares

काठमाडौं, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७७ पीसीआर र ४ हजार ६० एन्टिजेन परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोनाको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ ।

यस्तै, आइतबार १ हजार ४१६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ८६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, २१५ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा मन्त्रालयले जनाएको छ ।