रुसले युक्रेनमा आफु अनुकुलको सरकार बनाउन खोजेकोे बेलायतको आरोप « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


रुसले युक्रेनमा आफु अनुकुलको सरकार बनाउन खोजेकोे बेलायतको आरोप


598
Shares

काठमाडौं । रुसले युक्रेनमा आफु अनुकुलको सरकार बनाउन खोजेको आरोप बेलायतले लगाएको छ ।

बेलायतको विदेश मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दावी गरेको हो ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाउनु भयो । मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतको अनुमान छ ।

रुसले भने युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नरहेको दोहो¥याउँदै अमेरिकी नेतृत्वको पश्चिमा जगतको आरोपलाई बेतुकको संज्ञा दिँदै आएको छ ।