३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


घानामा विष्फोटक पदार्थ बोकेको गाडी विष्फोट हुँदा १७ जनाको मृत्यु


377
Shares

काठमाडौं । घानाको यपिएट शहरमा विष्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको छ । उक्त विष्फोटमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाको संख्याको बारेमा औपचारिक जानकारी भने दिएको छैन । विष्फोटबाट कैयौं भवनहरु भत्किएका छन् ।

सुनको खानीको रुपमा चिनिने शहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको हो । त्यहाँका स्थानीय मिडियाले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विष्फोट भएको स्थानमा धुलो र धुवाँको मुस्लो उडेको देखिन्छ ।

सो घटनापछि घानाका राष्ट्रपति नाना एडो डंकवा अकुफो एड्डोले सामाजिक संजाल ट्वीटर मार्फत अत्यन्तै दुःखद घटना भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको बताउनु भएको छ ।