विशेष अदालतमा कोरोनाको असर, बन्दी प्रत्यक्षीकरण र थुनुवा बाहेकका सबै सेवा स्थगित « Imagekhabar – Online News Portal of Nepal


विशेष अदालतमा कोरोनाको असर, बन्दी प्रत्यक्षीकरण र थुनुवा बाहेकका सबै सेवा स्थगित


169
Shares

काठमाडौं । विशेष अदालतले कोरोना संक्रमण बढेका कारण बन्दी प्रत्यक्षीकरण र थुनुवा बाहेकका सबै सेवा स्थगित गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारबाही मात्रै गर्नेछ ।

अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु सीमित संख्यामा छन् । आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेशबाहेक अरु न्यायिक काम नहुने अदालतले जनाएको छ ।

विशेष अदालतले आरोपपत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ । विशेषले थुनुवाइ बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।