प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँच जना पक्राउ « Imagekhabar – Online News Portal of Nepal


प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँच जना पक्राउ


611
Shares

काठमाडौं । धनुषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कमलेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेशरवि दास रहेका छन् ।

बटेश्वर गाउँपालिका–४, राम्रोचोकबाट महोत्तरीको भंगाहा नगरपालिका–७, गोराना बस्ने अमितकुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र एकथान मोबाइल लुटपाट गरेको आरोपमा गए राति उनीहरूलाई पक्राउ गरिएको हो ।