 
	    विरगञ्ज, माघ ४ । मधेश प्रदेशको राजधानी जनकपुर घोषणा गरिएको विरोधमा नेपाली कांगे्रसले वीरगन्जमा प्रदर्शन गरेको छ ।
कांग्रेस वीरगञ्ज महानगर समितले गरेको प्रर्दशनमा मुख्यमन्त्री लालबाबु राउतको विरोधमा चर्को नाराबाजी भएको थियो ।
सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेश दुईको राजधानी जनकपुर र प्रदेशको नाम मधेस घोषणा गरेको थियो ।
मधेस आन्दोलनमा वीरगन्जलाई प्रदेशको राजधानी बनाउने वाचा गरेका नेताहरुले सत्तामा पुगेपछि भुलेको उनीहरुको आरोप थियो ।
घण्टाघरबाट सुरु भएको जुलुस आदर्शनगर, माईस्थान, घन्टाघर हुँदै नगर परिक्रम गरेर वीरगन्ज– ११ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घरअगाडि पुगेको थियो ।
प्रदर्शनकारीहरूले मुख्यमन्त्री राउतको घरमा ढुगांमुडासमेत गरेका थिए । ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको सिसा फुटेको छ । घटनापछि राउतको घरअगाडि सुरक्षाकर्मी परिचालन गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्