सर्वोच्च अदालतका न्यायाधीशहरुको फुल कोर्टको बैठक आज, प्रधानन्यायाधीश भने सहभागी नहुने « Imagekhabar – Online News Portal of Nepal


सर्वोच्च अदालतका न्यायाधीशहरुको फुल कोर्टको बैठक आज, प्रधानन्यायाधीश भने सहभागी नहुने


858
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको फुल कोर्ट बैठक आज बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको लागि बोलाउनु भएको फुल कोर्ट बैठकमा स्वयं जबरा भने सहभागी नहुने हुनुभएको छ ।

कोरोना संक्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना संक्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भनी फुल कोर्ट बोलाइएको बताइएको छ ।

बैठकमा सहभागी नभए पनि बैठकले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानन्यायाधीश जबराले हस्ताक्षर भने गर्नुहुनेछ ।