Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


सबैले अस्वीकार गरेका नायिकाको हातमा एकैसाथ अहिले ५ वटा फिल्म


14.7k
Shares

एजेन्सी । बलिउड नायिका कृति सेनन आफ्नो सुरुवाती फिल्मी करियरमा धेरैले अस्विकार गरेकी नायिका हुन ।

उनलाइ धेरैले तिमीले अभिनय गर्न सक्दिनै समेत भनेका थिए । तरपनि कृतिले हार मानिनन्, अभिनय गर्ने ठानिन् र अभिनयमा आफ्नो पहिचान बनाइन् । कृतिले बर्षौदेखि भारतीय फिल्ममा मुख्य भूमिका मात्र नभएर साहायक भूमिकामा पनि आफुलाई निखारेकी छिन् ।कृतिले एक अन्तर्वार्ता मा भनेकि छिन् उनलाइ बलिउडमा आफ्नो करीयर बनाउनका लागि धेरै मेहेनत गर्नुपरेको थियो भने धेरै अस्वीकारको सामाना गर्नुपरेको थियो । कृति बिगत सम्झिदै भन्छिन् –बलिउडमा स्थापित हुन मेहेनत गर्दै गर्दा उनलाई एउटा ठूलो प्रोडक्सन कम्पनीले सानो भूमिकाको लागि प्रस्ताव गरेको थियो । तर, उनले त्यो काम नगर्ने बिचार गरिन् । किनकि उनको म्यानेजरलाई एक ब्यक्तिले कृतिले राम्रो गर्न सक्दिनन् भनेका थिए ।

सु्रुमा कृतिले धेरै ठाउँमा गएर अडिसन दिएकी थिइन् । तर,उनलारुई सबैले नायिकाको रुपमा अस्वीकार गरे । उनि भन्छिन्–‘ यसरी ठाउँ ठाउँमा गएर अडिसन दिंदा मेरो अभिनय झन् खारिएकोे हो’ । त्यही मेहेनतले आज कृतिलाई चर्चित बलिउड नायिका बनाएको छ । बलिउडमा हिरोपंती फिल्मबाट करियर सुरु गरेकी कृतिले अहिलेसम्म आइपुग्दा लाखौंको मन जितेकी छिन । भर्खरै रिलिज उनको मिमी फिल्ममा सेरोगेसी आमाको भूमिकामा उनलाइ सबैले मन पराएका छन् ।

अब उनी छिटै अभिनेता प्रभाससंग आदिपुरुष, अक्षय कुमारसंग बच्चन पाण्डे, टाइगर श्राफसंग गणपत, बरुण धवनसंग भेडिया र कार्तिक आर्यनसंग शहजादामा देखिने छिन् ।कृतिले छोटो समयमा नै धेरैको मन जितेकी छिन् । कोसिस गर्नेहरुको हार हुदैन भन्ने कुरालाई उनले प्रमाणित गरेकी छिन ।