Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै


1.6k
Shares

काठमाडौं । दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ।

यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्काेमा सर्ने दर अत्यधिक हुनुमा यही कारण जिम्मेबार हुन सक्ने देखिएको छ।

ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्काे अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ। एचआइभी एड्स संक्रमितमा मोडर्ना खोपको प्रभावकारिता अध्ययन गर्न दक्षिण अफ्रिकाको उवन्तु प्रान्तमा २३० जनामा गरिएको एक परीक्षणमा ३१ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको थियो।

‘ओमिक्रोन कालखण्डअघि १ देखि २.४ प्रतिशत पोजिटिभिटी दर देखिएकोमा उवन्तुको अध्ययनले त्यसभन्दा फरक नतिजा देखाएको छ,’ अनुसन्धानकर्ताले एक वक्तव्यमा भनेका छन्। यसैगरी जोन्सन एन्ड जोन्सन खोपको प्रभावकारिता अध्ययन गर्न सिसोन्केमा गरिएका अर्काे अध्ययनले लक्षण नभएका बिरामीबाट ओमिक्रोन १६ प्रतिशतले सरेको देखिएको छ। यसअघि डेल्टा तथा बिटा भेरिएन्टको महामारीका बेला यो प्रतिशत २.६ थियो।

नागरिक