बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Tue Sep 27 2022


बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा


546
Shares

काठमाडौं । बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबियामा गएराति भएको सेमिफाइनलमा रियल मड्रिडले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समयमा रियल मड्रिडका भिनिसियस जुनियर र करिम बेन्जमाले गोल गर्दै टोलीलाई दुई पटक अग्रता दिए । तर बार्सिलोनाका लुक डे योङ र असुंमन फातीले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयको आठौं मिनेटमा फेडेरिको भाल्भर्देले रियल मड्रिडका लागि निर्णायक गोल गरे ।

रियल मड्रिडले अब फाइनलमा आज हुने एथ्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओबीचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ । फाइनल खेल आगामी आइतबार साउदी अरबयिाको रियादमा हुनेछ ।