पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


130
Shares

पाल्पा, पुस २८ । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका ७ सिन्धुरेमा लु ६ प १५२३ नं को मोटरसाइकल दुर्घटना हुँदा ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको हो ।

सिन्धुरेमा रहेको पसलबाट घरतर्फ जाँदै गरेका गाहाको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार उनकी श्रीमती निरमाया गाहा घाइते भएकी छन् । उहाँको टाउकोमा सामन्य चोट लागेको छ ।