१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


काजकस्तानमा आन्दोलन झन हिंसात्मक बन्दै : रुसी फौज फिर्ता, राष्ट्रपतिको राजिनामा माग


1.794k
Shares

एजेन्सी । काजकस्तानमा इन्धनको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शनका क्रममा हालसम्म १ सय ६४ जनाको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरुले दाबी गरेका छन् । प्रदर्शनकै क्रममा ६ हजार बढीलाई नियन्त्रणमा लिइएको छ ।

काजकस्तानको मुख्य सहर अल्माटीमा सरकार विरोधी प्रदर्शनमा दर्जनौँ नागरिक मारिएका हुनसक्ने संचार माध्यमहरुको आशंका छ । रुसी सेना तैनाथ भएपछि आन्दोलनकारीले प्रदर्शनलाई हिंसात्मक बनाउँदै लगेका छन् भने १२ जना सुरक्षाकर्मी पनि मारिएका छन् ।

राष्ट्रपति कासिम–जोमार्ट टोकायभले रुससँग सहयोग मागेपछि त्यहाँ पुगेको रुसी सेनाले रबरका गोली र अश्रुग्यास प्रहार गर्ने गरेको छ । प्रदर्शनकारीले पनि भौतिक संरचनामा आगजनी गर्नुका साथै सयौं सवारी साधन तोडफोड गरेका छन् ।

देशभर कर्फ्यु जारी रहेकै बेला भएको प्रदर्शनमा अझै थुप्रैको ज्यान जान सक्ने अनुमान गरिएको छ । सरकारले इन्धनसँगै ग्यासको मूल्य नियन्त्रण सम्बन्धी प्रावधान हटाएपछि आन्दोलन शुरु भएको हो । तर, आन्दोलनमा राजनीतिक मुद्धाहरु पनि जोडिन थालेको छ । पछिल्लो समय आन्दोलनकारीले रुसी फौज फिर्ता र राष्ट्रपतिको राजीनामा माग गरेका छन् ।