२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


महाअभियोगको सुनुवाइमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पले गरे बर्खास्त


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुविरुद्धको महाअभियोगको सुनुवाइमा साक्षीको रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् ।

उनले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धका विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जेण्डर भिण्डम्यानलाई बर्खास्त गरेका हुन । 

भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले अमेरिकी राजदूत सण्डल्याण्डलाई फिर्ता बोलाएका हुन ।

उनीहरु दुवै महाअभियोगको सुनुवाइका क्रममा उपस्थित भएका थिए । आफ्ना प्रतिस्पर्धीविरुद्ध युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध महाभियोग दर्ता भएको थियो ।

गत बुधबार सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पलाई महाअभियोगमा सफाइ दिएको थियो ।

विपक्षीको बहुमत रहेको तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएपनि रिपब्लिकनको पकड रहेको माथिल्लो सदन सिनेटबाट ट्रम्पले सफाइ पाएका थिए ।

अमेरिकाकी इतिहासमा ट्रम्प महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति बनेका छन् ।(एजेन्सी)