
काठमाडौं, पुष २१ । बुद्ध युवा क्लबले २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
लमजुङको बेसीसहरमा बुधबार भएको फाइनलमा श्री भगवती क्लबलाई २-० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो ।
बुद्धलाई च्याम्पियन बनाउन सन्दीप राना मगर र राम्से यान्निकले एक एक गोल गरे । उपाधिसँगै बुद्धले ५ लाख नगद प्राप्त गरेको छ ।
उपविजेता श्री भगवतीले ३ लाखमा चिक्त बुझायो । यसअघि सेमिफाइनलमा श्री भगवतीले त्रिवेणी युवा क्लबलाई हराएर फाइनल पुग्दा बुद्धले समाज कल्याणलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
पुस १३ बाट शुरु भएको प्रतियोगितामा लमजुङ, काठमाडौ, पोखरा, चितवन, तनहुँलगायत विभिन्न जिल्लाबाट गरी १८ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्