बर्दियामा हात्ती मृत फेला « Image Khabar


बर्दियामा हात्ती मृत फेला


416
Shares

बर्दिया, पुष २० । बर्दियामा एउटा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।

बर्दियाको राजापुर नगरपालिका-१० ढुन्डिपुरको तोरीबारीमा मंगलबार बिहान हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत प्रबिन बिडारीले जानकारी दिनुभयो ।

अन्दाजी ३०-३२ वर्ष उमेरको हात्तीको मृत्युबारे पोस्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने अधिकृत बिडारीले बताउनुभयो ।