
प्रकाश नेपाल (इमेज):
इलाम, असार १ । इलामको जितपुरमा खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान देउमाई नगरपालिका–९, जितपुर निवासी टेकबहादुर लिम्बूलाई आफ्नै बाबु यमबहादुर लिम्बूले खुकुरी प्रहार गरेका हुन् ।
६५ वर्षीय यमबहादुरले घरायसी विवादमा छोरा ४४ वर्षीय टेकबहादुरलाई खुकुरीले बायाँ कोखमा प्रहार गरी गम्भीर घाइते बनाएको जनाइएको छ ।
घाइतेलाई उपचारका लागि झापा पठाइएको र खुकुरी प्रहार गर्ने यमबहादुरलाई पक्राउ गरेर जितपुर प्रहरीचौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्