१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


अख्तियार सरकारको प्रभाव र दबाबमा परेको कांग्रेसको आरोप


0
Shares

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको प्रभाव र दबाबमा परेको आरोप लगाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार अपराह्न पत्रकार सम्मेलन गरी कांग्रेसले विजय गच्छदारलाई उन्मुक्ति दिनुपर्छ नभनेको तर कानुन सबैलाई समानरुपमा लागू हुनुपर्ने बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कमजोर तथ्यको जग्गामा ‘फेन्टासी’ ल्याएर मुद्दालाई क्रान्तिकारी पटाक्षेप गराउने कोसिस भइरहेको आरोप लगाए ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई उन्मुक्ति दिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको सहमतिविना मन्त्रिपरिषद्बाट प्रस्ताव पासै हुन सक्दैन भन्ने तथ्य नबिर्सन सुझाव दिएको छ ।

पत्रकार सम्मेलन चलिरहँदा कांग्रेस नेता गच्छदार, उनका छोरा र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील थापासमेत कांग्रेस कार्यालयमै रहेका थिए ।

यसअघि, बिहीबारै बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठकले नेता गच्छदारविरुद्ध अख्तियारले बद्नियतपूर्वक मुद्दा दर्ता गरेको ठहर गरेको थियो ।