सेभिल्लाले शीर्ष स्थानको रियाल मड्रिडसँगको अंक दूरी घटायो « Image Khabar


सेभिल्लाले शीर्ष स्थानको रियाल मड्रिडसँगको अंक दूरी घटायो


65
Shares

काठमाडौं । ला लिगा फटबल अन्तर्गत खेलमा सेभिल्लाले कार्डिजसीटीलाई १–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा सेभिल्लाले कार्डिजमाथि १–० को साँघुरो जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सेभिल्लाका लागि खेलको ५८ औँ मिनेटमा लुकास काम्पोसले गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै सेभिल्लाले शीर्ष स्थानमा रहेको रियाल मड्रिडसँगको अंक दूरी घटाएको छ । ला लिगाको दोस्रो स्थानमा रहेको सेभिल्लाको १९ खेलबाट ४१ अंक भएको छ भने शीर्ष स्थानमा रहेको रियाल मड्रिडको २० खेलबाट ४६ अंक छ । रेलिगेशन जोनमा रहेको काडिचको १९ खेलबाट १४ अंक छ ।