भक्तपुरमा आफ्नै घरको ४ तला माथिबाट खसेर एक किशोरीको मृत्यु « Image Khabar


भक्तपुरमा आफ्नै घरको ४ तला माथिबाट खसेर एक किशोरीको मृत्यु


2.782k
Shares

भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकमा चार तले घरबाट खसेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।

कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

आज बिहान सवा ६ बजे ४ तला माथिबाट खसेर उनी घाइते अवस्थामा फेला परेकी थिइन् । बुवा हरिनारायणले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा बिहान साढे ६ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।

उनी कसरी खसेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।