
तेह्रथुम । तेह्रथुमका ग्रामिण क्षेत्रहरुमा लाग्ने हाटबजार हराउँदै जान थालेका छन् । कोरोनाका कारण लामो समयसम्म हाटबजार नलाग्दा अहिले हाटबजार लाग्ने सुनसान बनेका हुन् ।
स्थानीय उत्पादन खरिद र बिक्री गर्ने एक मात्रै थलो बनेको साप्ताहिक हाटहरु नलाग्दा कृषकले उत्पादन गरेका कृषि उपजले बजार पाउन छाडेको छ । गाउँमा लाग्ने हाटबजारले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत टेवा पुगेको थियो ।
जिल्लाको ६ वटै पालिकाहरुको गाउँ केन्द्रमा पछिल्लो समय हाटबजार लाग्न छाडेको छ । साप्ताहिक रुपमा लाग्दै आएको हाट दुई बर्ष देखि नलाग्दा स्थानीयले उत्पादन गरेको कृषि उपजका सामाग्री खरिद बिक्रीमा समस्या भएको स्थानीय मदन फुयाँलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्