एसियन सेन्ट्रल जोन भलिबलमा आज नेपालको महिला टोलीले किर्गीतानसँग खेल्ने « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


एसियन सेन्ट्रल जोन भलिबलमा आज नेपालको महिला टोलीले किर्गीतानसँग खेल्ने

लगातार पाँचौ जितको लक्ष्य

195
Shares

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोलीले आज किर्गिस्तानको सामना गर्नेछ । बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज आफ्नो अन्तिम लिग खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

प्रतियोगिताको सुरुवाती चार खेल जित्दै फाइनलमा पुगिसकेको नेपाल आज लगातार पाँचौ जित निकाल्न चाहन्छ । हिजो उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ३–० ले तथा तेस्रो खेलमा बंगलादेशलाई ३–० कै सेटमा हराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । राउण्ड रोबिन लिगको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।