Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


भारतीय राजधानी नयाँ दिल्लीमा आजदेखि रात्रीकालिन कर्फ्यू

कोरोनाको नयाँ भेरियन्ट संक्रमण बढेकाले सतर्क हुनुपरेको भनाई

325
Shares

काठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रीकालिन कर्फ्यू लगाइने भएको छ । दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लगाउने घोषणा गरेको हो ।

आइतबार दिल्लीमा २९० जना नयाँ संक्रमित फेला परेको र एक जनाको मृत्यु भएपछि सरकारले रात्रीकालीन कर्फ्यू लगाउने निर्णय गरेको हो ।

त्यसको अघिल्लो दिन दिल्लीमा संक्रमितको संख्या २४९ जना थियो । संक्रमण दर निरन्तर बढ्दै गएकाले पूर्व सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ । कोभिड १९ सम्बन्धि नीतिहरु तय गर्ने दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले यस अघि नै सरकारलाई पूर्व सतर्कताका लागि निर्देशन दिईसकेको थियो भने नयाँ वर्षमा कुनै पनि भीडभाड हुदैन भन्ने निश्चित गर्न पनि भनेको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण विस्तार भईरहेको बेला हिजो मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आफैं सचेत हुनु र अनुशासनमा बस्नु नै कोरोना विरुद्धको लडाइको सवैभन्दा ठूलो हतियार हुने बताउनु भएको थियो ।