Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


माओवादीको आठौं महाधिवेशन (तस्बिरहरु)


91
Shares

काठमाडौं, पुष ११ । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंका प्रज्ञा भवनमा आयोजित राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गर्नु भएको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसहितका राजनीतिक दलका शिर्ष नेताहरु सहभागी छ ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने गृहजिल्ला झापामा रहनु भएकाले महाधिवेशनमा सहभागी हुनु भएको छैन । महाधिवेशनमा देशभरबाट करिव १ हजार ६ सय प्रतिनिधिहरु सहभागी भएका छन । ५ दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।