म्यानमारको खानीमा पहिरो जाँदा एक जनाको मृत्यु र कम्तिमा ७० जना बेपत्ता « Image Khabar


म्यानमारको खानीमा पहिरो जाँदा एक जनाको मृत्यु र कम्तिमा ७० जना बेपत्ता


104
Shares

काठमाडौं । म्यानमारको एक खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त जेड खानीमा गएको पहिरोमा परी बुधबार कम्तीमा ७० जना बेपत्ता र एक जनाको मृत्यु भएको पुष्टि भएको उद्धार टोलीका एक सदस्यले बताएका छन् ।

काचिन राज्यको हपाकान्त खानीमा बिहान ४ बजेतिर गएको पहिरोमा परी करिब ७०/१०० जना बेपत्ता भएका छन् ।

घटनास्थलमा अहिले उद्धारकार्य जारी छ । –एजेन्सी