
web pic
सर्लाही । लालबन्दी नगरपालिका–९ बस्तीपुर चोकमा आज बिहानै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
आज बिहान ५ बजे ना ३ ख ७९९० नम्बरको ट्रकले पैदलयात्री सर्लाहीकै चन्द्रनगर गाउँपालिका १ रतनपुरका १६ वर्षीय दिपेन्द्र कुमार यादवलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
हरिवन स्थित नमुना अस्पतालमा उपचारको क्रममा यादवको मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्