Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


आज नेवार समुदायले यःमरी पर्व मनाउँदै, ज्यापू दिवस पनि आज


221
Shares

काठमाडौं । आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछन् । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आजको पूर्णिमालाई धान्य पूर्णिमा भनिन्छ ।

तर नेपालभाषी समुदायमा यस दिन यःमरी पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ । यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ । यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको यःमरी खाने भएकोले योमरी पुन्हीले बढी चर्चित छ।

देशभरका नेपालभाषीहरु यःमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा यःमरी खान्छन्। पुन्ही एकदिन हुन्छ तर यःमरी पुन्ही एकदिनमात्र मनाइँदैन। यःमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँ, भाञ्जाभाञ्जीलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन्।

अरु पुन्हीमा विशेष प्रकारको भोज खुवाउने गरिँदैन। त्यसैले यस पुन्ही नेपालभाषी समुदायमा अत्यन्त महत्वपूर्ण मानिन्छ र ठूलो पुन्हीको रुपमा लिइन्छ । आजै नेवार समूदायले ज्यापू दिवस पनि मनाउँदैछन् ।

Skip This