प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ को शानदार सुरुवात, कर्णाली १ सय ६० रनले पराजित « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Tue Sep 27 2022


प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ को शानदार सुरुवात, कर्णाली १ सय ६० रनले पराजित


65
Shares

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नंं १ ले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा कर्णाली प्रदेशलाई १ सय ६० रनले पराजित गर्दै प्रदेश नं १ ले शानदार सुरुवात गरेको हो ।

फाप्ला क्रिकेट मैदानमा १ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णाली ११ ओभर ४ बलमा मात्र ६ रनमा अलआउट भयो ।

कप्तान आयुषा टन्डनले सर्वाधिक ३ रन बनाउँदा अंशु शाक्य र लक्ष्मी रिमालले समान १–१ रन जोडे । अन्य ८ खेलाडीले खाता समेत खोल्न सकेनन् ।

प्रदेश नं १ की अलिशा खडियाले ५ विकेट हात पारिन् । संगीता राईले २ तथा सबनम राईले १ विकेट हात पारिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १ सय ६६ रन बनायो ।

कप्तान रुबिना क्षेत्रीले १० चौकाको मद्दतले सर्वाधिक ७६ रन जोड्दा अप्सरी बेगमले ६२ बलमा अविजित ६१ रनको योगदान गरिन् । कर्णाली प्रदेशकी दिब्या धामीले २ विकेट हात पारिन् ।