प्यालेस्टाइनी र यहुदीहरुबीच पश्चिम गाजामा फेरि तनाव « Image Khabar


प्यालेस्टाइनी र यहुदीहरुबीच पश्चिम गाजामा फेरि तनाव


0
Shares

एजेन्सी । यहुदीहरुले पश्चिमी गाजाका तटीय क्षेत्रमा आक्रमण गरेका छन् । विद्रोहीहरुको आक्रमणबाट स्थानीयहरु विस्थापित भएको प्यालेस्टाइनी अधिकारीहरुले जनाएका छन् ।

प्यालेस्टाइनी बन्दुकधारीहरुले इजरायलीहरुलाई गोली हानी हत्या गरेलगत्तै सो क्षेत्रमा यहुदीहरुले आक्रमण गरेको समाचारमा जनाइएको छ।

आक्रमणकारीहरुले सो क्षेत्रमा हिंसा भड्काउन खोजेको भन्दै अधिकारीहरुले चिन्तासमेत व्यक्त गरेका छन् । सो क्षेत्रमा रहेका शरणार्थी शिविरहरुको अनुगमन गर्ने प्यालेस्टाइनी प्राधिकरणका अधिकारीहरुले उत्तरी सशर नाब्लस नजिकै प्यालेस्टाइनी गाउँमा अक्रमण भएको पुष्टि गरेका छन् ।

उनीहरुले सर्वसाधारणका निजी आवासमा क्षति पु¥याउनुका साथै सार्वजनिक सम्पति पनि तोडफोड गरेको समाचारमा जनाइएको छ । प्यालेस्टाइनी वाफा समाचार एजेन्सीका अनुसार सेबास्टिया सहर र उत्तरी नाब्लसमा जथाभावी आक्रमण हुँदा निजी सम्पतिमा क्षति पुगेको छ ।

त्यसैगरी सर्वसाधारणमा सवारीसाधनमा पनि क्षति पुगेको बताइएको छ । प्रहरीले आक्रमणमा संलग्नभएको आशंकामा दुई जनालाई पक्राउ गरेको जनाएको छ । सन् २००५ मा गाजापट्टीमा भएको द्वन्द्वमा लामो समय हिंसा भड्किएको थियो । सन् १९६७ को मध्यपूर्व युद्धमा इजरायलले पूर्वी जेरुसेलम र वेस्ट बैंक कब्जा गरेका थिए ।