हैटीमा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु « Image Khabar


हैटीमा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु

तीन दिने राष्ट्रिय शोक घोषणा

143
Shares

काठमाडौं । क्यारेवियन मुुलुक हैटीमा इन्धन बोकेको ट्याकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएपछि तीन दिनको शोक घोषणा गरिएको छ । क्याप हाइटिएन शहरमा गुडिरेको इन्धन सहितको ट्याकरबाट इन्धन चुहिएर बिस्फोट भएको हो ।

ट्यांकरबाट चुहिएको इन्धन लिन सर्वसाधारणको भीड लागेको बेला ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएको हो । घटनामा दर्जनौ घाइते भएका छन् । घाइतेहरु पुरै जलेको अवस्थामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

हैटीका प्रधानमन्त्री एरियल हेनरीले दुर्घटनापछि सम्पुर्ण क्यारेबियान राष्ट्र शोकमा डुबेको भन्दै ३ दिनको शोक घोषणा गर्नुभएको हो ।