Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


चिसो बढ्यो सर्तक रहन आग्रह


208
Shares

काठमाडौं । देश भर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज बिहान ४ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।

जुम्लाको सबैभन्दा कम माइनस ४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको मौसमबिदहरुले जनाएका छन् ।

देशको पहाडी भू–भागमा आंशिक बदली रहि देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि भने प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।