सेन्ट्रोल जोन प्रतियोगिताका लागि १२ महिला खेलाडी छनोट « Image Khabar


सेन्ट्रोल जोन प्रतियोगिताका लागि १२ महिला खेलाडी छनोट


0
Shares

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा भएको छ ।

१२ सदस्य टोलीको नाम सार्वजनिक हुँदा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा त्रिभुवन आर्मी क्लबकी कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेका छन् ।

मुख्य प्रशिक्षक जगदिश भट्टले १२ खेलाडीलाई समावेश गर्दै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा तयारीलाई तिब्राता दिइरहेका छन् । अघिल्लो संस्करणको च्याम्पियन भएको नाताले नेपाललाई उपाधि रक्षा गर्नु छ ।

सोअनुसार टोलीले कडा मिहिनेत गरिहेको छ । कोरोना महामारीका कारण तय भएका केही प्रतियोगिता स्थगित भएसँगै लामो समयपछि कोर्टमा फर्किएका खेलाडीमा सुरुआती चरणमा फिटनेस समस्या देखिए पनि अहिले लयमा फर्किएको प्रमुख प्रशिक्षक भट्टले बताए ।

आइतबार सार्वजनिक गरिएको टोलीमा अघिल्लो संस्करणमा उपाधि जित्दाको भन्दा बलियो टोली भएको प्रशिक्षक भट्टले दाबी गरे ।

डिसेम्बर २१ देखि २९ सम्म हुने प्रतियोगिता नेपाल सहित माल्दिभ्स, श्रीलंका, बंगलादेश, र किर्गिस्तानले सहभागिता जनाउँदैछन् । कप्तान अरुणा शाहीले उपाधिलाई लक्ष्य बनाएर अभ्यास गरिहेको बताइन ।

नेपाली टोली काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियालीका डिफेन्डिङ च्याम्पियन पनि हो ।