लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु « Image Khabar


लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


0
Shares

लमजुङ, मंसिर २३ । लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका २ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १ जना शिक्षक र २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलवस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी छन् । लमजुङ प्रहरीका अनुसा जीपमा सवार ९ जना घाइते भएका छन् ।

मृतक र घाइतेलाई जिल्ला अस्पताल बेसीशहर लगिएको ।