‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै « Image Khabar


‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

हिमालयन शेर्पा र नेपाल पुलिस तथा जावलाखेल र मछिन्द्रबीच भिडन्त

0
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।

हिमालयन आज पहिलो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । हिमालयन २ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पुलिस भने दोस्रो जितको खोजीमा हुनेछ । २ खेलबाट ४ अंक जोडेको पुलिस सातौं स्थानमा रहेको छ ।

यस्तै, अपरान्ह पौने पाँच बजे सुरु हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।

जावलाखेल आज पहिलो अंकको खोजीमा समेत रहेको छ । जावलाखेलले २ खेलमा अंक जोड्न सकेको छैन । अंक विहीन जावलाखेल १३ औं स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र भने दोस्रो जितको खोजीमा रहेको छ । २ खेलबाट ४ अंक जोडेको मछिन्द्र छैटौं स्थानमा रहेको छ ।