युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य « Image Khabar


युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य


0
Shares

काठमाडौं, मंसिर २० । युनिलिभर नेपाल र माइती नेपालको सहकार्यमा महिला सशक्तिकरण परियोजना सञ्चालन हुने भएको छ ।

सोमबार एक कार्यक्रमकाबीच महिला सशक्तिकरण सिएसआर परियोजनाको सुरुवात गरिएको हो ।

परियोजनाको माइती नेपालकी संस्थापक अनुराधा कोइराला र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलन मुखर्जीले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।

आशा नाम दिइएको परियोजना अन्तर्गत मानव बेचबिखन तथा घरेलु हिंसामा परेका महिलाहरुलाई सीपमूलक तालिम दिने भएको छ ।

यसबाट दःुख पाएका महिलाहरुले रोजगारी वा स्वरोजगारबाट आय आर्जन गर्न सक्ने विश्वास गरिएको छ ।