Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


कमल थापालाई पशुपति शम्शेरको साथ, भने–‘म काँचो नेतृत्वको पक्षमा छैन’


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले आफू काँचो नेतृत्वको पक्षमा नरहेको बताउनुभएको छ ।

आफूले राजेन्द्र लिङ्दनेलाई समर्थन गरेको प्रचार गरिएकोको आपत्ति प्रकट गर्दै उहाँले आफू काँचो तेतृत्वको पक्षमा नरहेको बताउनुभएको हो ।

सामाजिक सञ्जालमा उहााले लेख्नुभयो, ‘कुन कू–तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ, यो सरासर झुट कुरा हो ।’

उहाँले अगाडि थप्नुभएको छ, ‘यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु ।’

भृकुटीमण्डपमा जारी राप्रपा महाधिवेशन अन्तर्गत अहिले मतदान भइरहेको छ । मतदान बेलुकी १० बजेसम्म सकिने निर्वाचन समितिले जनाएको छ ।

राप्रपाको नेतृत्व लिन पूर्वअध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा हुनुहुन्छ ।

Skip This