राष्ट्र बैंकको निर्देशनलाई गलत व्याख्या गरेको भन्दै चामल, तेल र दाल उद्योगीको आपत्ति « Image Khabar


राष्ट्र बैंकको निर्देशनलाई गलत व्याख्या गरेको भन्दै चामल, तेल र दाल उद्योगीको आपत्ति


0
Shares

काठमाडौं । नेपाल चामल, तेल, दाल उद्योग संघले बैंकहरुले राष्ट्र बैंकको निर्देशनलाई गलत ढंगले व्याख्या गर्ने गरेको भन्दै आपत्ति जनाएको छ ।

चामल, तेल र दाल उद्योगमा १५ प्रतिशत व्याजदरमा लगाएको ऋणसमेत कृषिमा लगानी गरेको भनी बैंकहरूले गलत तथ्याङ्क देखाएर भ्रम फैलाएकोे संघले आरोप लगाएको छ । बैंकहरूले कि त चामल, तेल दाल उद्योगलाई एग्रो बेस उद्योगमा राखी बैंक ऋण सुविधा दिनन उनीहरूले आग्रह गरेका छन् ।

उद्योगमा गरेको ऋण लगानीलाई कृषि उपजको लगानीबाट हटाउन पनि उद्योगीहरूले माग गरेका छन् । संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थ सचिव, उद्योग विभागका महानिर्देशक, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलगायत संग छुट्टाछुट्टै भेट गरी विभिन्न माग राखेको हो ।

संघले कृषि उत्पादनको कच्चा पदार्थ र तयारी बस्तुको भन्सार दर २ तह फरक हुनुपर्ने, सहउत्पादन विदेश निकासी गर्दा निकासी कर छुट हुनुपर्ने लगायतका विभिन्न माग राखी यी उद्योग संरक्षण गर्न आग्रह गरेको छ ।