Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


मदिराजन्य विज्ञापन एक देशले मात्र रोक्न खोज्नु कत्तिको जायज ?


0
Shares

काठमाडौं । नेपाल विज्ञापन संघ, मिडिया अलाइन्स नेपाल र मिडिया सोसाइटी नेपाललगायत संस्थाले जनस्वास्थ्य ऐनको हवाला दिँदै मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायतका जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण प्रचारप्रसार नपाउने गरी विज्ञापन बोर्डले जारी गरेको विज्ञप्तिप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र नेपाल फुटबल संघसहितले विज्ञापन प्रकाशन प्रसारणमा लगाएको यो रोक तत्कालै हटाएर सहज र व्यावसायिक वातावरण निर्माणका लागि सरकारसँग अनुरोध गदै विज्ञापन बोर्डको सो सूचना फिर्ता नलिए कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

आधा दर्जन संस्थाले संयुक्त प्रेस विज्ञप्तिमार्फत मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशमा खुला रहेको र मदिरालाई खाद्यवस्तुकै रूपमा लिने गरिएको भन्दै यसको विज्ञापन प्रसारण र विज्ञापनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु असम्भव भएको बताएको छ ।

नेपालमा विश्वभरबाट मदिरा आपूर्ति हुने गरेको भन्दै विज्ञप्तिमा मदिरा उत्पादकले नेपालमा विज्ञापन गर्न नपाए पनि विदेशी मिडिया वा सामाजिक सञ्जालमार्फत विज्ञापन गरी नेपाली उपभोक्तामाझ प्रवद्र्धन गर्ने विकल्प कायमै रहेको भनिएको छ ।

राजधानी

Skip This