Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


साेमबार शेयर बजार दोहोरो अंकले घट्याे, ५ अर्ब ३८ करोड बराबरकाे काराेबार


0
Shares

काठमाडौं ।
साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।

दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा झरेको छ । नेप्सेमा रहेका उपसमूहहरु मध्ये ब्यापार उपसमूह बाहेक अरु १२ वटा उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत घटेको छ ।

यस्तै, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् । २२४ वटा कम्पनीको शेयर मूल्य घटेको बजारमा ४९ वटाको मात्रै मूल्य बढेको छ ।

केबिएल डिबेञ्चर २०९० को शेयर मूल्य सर्वाधिक १२.१७ प्रतिशत बढेको छ । आज हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सर्वाधिक १०.५८ प्रतिशत गुमाएका छन् । आज दिनभरमा ३५७ वटा स्टकको एक करोड ३१ लाख ७८ हजार कित्ता शेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरीको सवैभन्दा बढी ३८ करोड ८२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

Skip This