काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान एक्सपेरियन्स लाईफ विद सिजी अन्तर्गत बडादशैं र तिहारको अवसरमा स्मार्ट घरायसी उपकरणहरूमा “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ ।
उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै चाडपर्वमा विशेष उपहार प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरणहरूको खरिदमा आकर्षक लक्की ड्र मार्फत विशेष उपहारहरू जित्न सक्ने कम्पनीले जनाएको छ ।
बम्पर लक्की ड्र अन्तर्गत् भाग्यशाली विजेताहरूले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमण जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । प्रत्येक १५ दिनमा गरिने लक्की ड्र मा भाग्यशाली विजेताले कुनै पनि ५ वटा उपकरणहरूको बन्डल जित्न सक्ने जनाइएको छ ।
यस योजनामा सहभागी हुन ग्राहकहरूले सिजीका स्मार्ट घरायसी उपकरणहरूको खरिदपछि क्युआर कोड स्क्यान गरी लक्की ड्रका लागि सजिलै दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ । सिजीको एक्सपेरियन्स लाईफ विद सिजी वार्षिक अभियानले ग्राहकको जीवनस्तर उकास्ने र दैनिक कार्यलाई सहज बनाउने कुरामा सधैँ जोड दिँदै आएको जनाइएको छ ।
यसैअन्तर्गतको प्रिमियम सिग्नेचर सिरिज ’सिजी मेरिडिया’ ले अत्याधुनिक प्रविधि र विलासीपनको संयोजनमार्फत घरको शोभा बढाउँदै ग्राहकलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको कम्पनीको दाबी छ ।










प्रतिक्रिया दिनुहोस्