
काठमााडौं, मंसिर १२ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरी आएको बताउनु भएको छ ।
प्रवक्ता ढकालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा कर्जा प्रवाहका साथै आयात निर्यात समेत अत्यधिक बढेकाले बजारमा तरलताको अभाव भएको बताउनुभयो ।
अहिले बैंक तथा वित्तिय संस्थाहरुले आफूसँग भएको साधन स्रोत भन्दा बढी कर्जा प्रवाह गरेकाले बजारमा यो समस्या आएको प्रवक्ता ढकालेले उलल्लेख गर्नुभयो ।
ढकालले राष्ट्र बैंकले बेलाबेलामा आवश्यक टुल मार्फत तरलता सहजिकरण गरिहेको पनि बताउनुभयो । यो चार महिनामा १७ खर्ब ९६ अर्ब रुपैयाँ रिपो जारी गरेको बताउनुभयो । बैंकहरुले कर्जालाई व्यवस्थित गर्न सकेमा मात्रै समग्र अर्थतन्त्रमा राम्रो हुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्