बुटवल उपमहानगरपालिकाको भवनमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु, दुई जना घाईते « Image Khabar


बुटवल उपमहानगरपालिकाको भवनमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु, दुई जना घाईते


0
Shares

बुटवल, मंसिर १२ । निर्माणधिन बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवनमा काम गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्राधिकरणका कर्मचारी बसन्त भुसाल रहेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर अन्य दुईजना श्रमिक घाइते भएका छन् । घाइते हुनेहरुमा रुपन्देही सम्मरीमाई गाउँपालिकाका जितेन्द्र लोध र बर्दिया राजापुरका राजगोपाल चौधरी छन् ।

घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।