Logo १९ पुस २०८२, शनिबार | Sat Jan 3 2026


सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी


0
Shares

काठमाडौं । मंसिरदेखि विद्यालयहरूमा पूर्णरूपमा भौतिक उपस्थितिकै आधारमा पठनपाठन सञ्चालन भएको छ।विद्यालय पूर्णकालीन रूपमा चल्न थालेसँगै बालबालिकाको भिड बढ्दै गएको र कोरोनाको जोखिम पनि बढ्ने खतरा देखिएको छ।

कोभिडको जोखिम बढ्न सक्ने भन्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका सबै बालबालिकालाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको बताएको छ।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सोमबार पत्रकार सम्मेलन गरी विद्यालय उमेरका १२ वर्षमाथिका सबै बालबालिकालाई कोभिडको खोप तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग तय भइसकेको बताउँदै उनले छिटोभन्दा छिटो सबै बालबालिकालाई खोप उपलब्ध गराउने जनाए।

मन्त्री पौडेलले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी ३१ बुँदे संघीय मन्त्रालयको प्राथमिकता प्रस्तुत गर्दै बालबालिकालाई खोप सबैभन्दा उच्च प्राथमिकतामा रहेको बताए। ‘विद्यालयहरू सबै पूर्णरूपमा सञ्चालन भइरहेका छन्।

बालबालिका विद्यालय गएर शिक्षण सिकाइमा संलग्न भइसकेका छन्। विद्यालयमा भिडभाड बढेकोले कोरोनाको उच्च जोखिम पनि बढ्दै जाने देखियो,’ मन्त्री पौडेलले भने, ‘१२ वर्षभन्दामाथिका विद्यालय तहका सबै बालबालिकालाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निश्चित गरिसकेको छ।

नागरिक