
काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा सेभियालाई हराउँदै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
गएराती भएको खेलमा रियाल मड्रिडले सेभियालाई २–१ ले पराजित गर्यो । घरेलु मैदानमा रियालका लागि दुवै गोल ब्राजिलियन खेलाडी कासेमिरोले गरे ।
पराजित टोली सेभियाका लुक डी योङले एक गोल फर्काए । जितसँगै रियाल मड्रिड २० खेलबाट ४३ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
एक खेल कम खेलेको बार्सिलोनाको ४० अंक रहेको छ । ३५ अंक जोडेको सेभिया चौंथो स्थानमा रहेको छ । बार्सिलोनाले आज ग्रानाडासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्