
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौं चरणका खेल आजबाट सुरु हुँदैछ । लिगको छैटौं चरण सकिएको दुई दिनपछि पुनः सातौं चरणको खेल सुरु हुन लागेको हो ।
सातौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आज एक मात्र खेल हुनेछ । लिग लिडर मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ ।
दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र शेर्पालाई हराउँदै आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा हुनेछ । लिगमा अपराजित मछिन्द्रले १३ अंक जोडेको छ ।
लिगमा मछिन्द्रले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ । १३ औं स्थानको शेर्पाले ६ खेलमा २ हार र ४ बराबरीसहित ४ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्