Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


हाम्रो गठबन्धन देखेर कतिपय पार्टीको होसहवास उडेको छ : माधव नेपाल


91
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय गठबन्धनलाई देखेर कतिपय पार्टीको होसहवास उडेको बताउनुभयो ।

गठबन्धलाई कसैल पनि हराउन नसक्ने दाबी गर्नुभयो ।

समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा चितवनले शुक्रबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेकपा (एमाले)प्रति संकेत गर्दै अध्यक्ष नेपालले गठबन्धन बलियो रूपमा रहेको बताउँदै तीनै तहको निर्वाचनसम्मै गठबन्धन जारी रहने दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले केपी शर्मा ओलीले तेतृत्व गरेको नेकपा (एमाले) पार्टी इतिहास भइसकेको बताउनुभयो । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले नतिजा देखाउने अध्यक्ष नेपालको भनाइ छ ।

फरक प्रसङ्गमा बोल्दै नेता नेपालले न्यायलयको विवाद चाँडै समाधान हुने बताउनुभयो । अहिले गठबन्धनमा छलफल भएर प्रधानमन्त्रीले समेत चासो व्यक्त गरेकाले चाँडै विवाद समाधान हुने र स्वतन्त्र न्यायपालिकाको पक्षमा आफूहरू रहेको उहाँको तर्क छ ।