Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


मेचीमा कर सप्ताह


0
Shares

झापा, कात्तिक ३० । आन्तरिक राजस्व कार्यालय मेचीले साताव्यापी कार्यक्रम गर्दै कर सप्ताह मनाउने भएको छ ।

१० औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको पूर्व सन्ध्यामा झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ प्रसाद रिजालले कर सप्ताहमा आयकरमा उत्कृष्ट चार जना करदातालाई सम्मान गरिने बताउनुभयो ।

झापासँगै ताप्लेजुङ, पाँचथर, इलाम लगायतका जिल्लामा समेत सचेतना मूलक कार्यक्रम गरिने भएको छ ।

राजस्व कार्यालयले चालू आर्थिक वर्षमा तीन अर्ब ४० करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको र पछिल्लो तीन महिनाको अवधिमा एक सय १४ प्रतिशत राजस्व संकलन भएको प्रमुख कर अधिकृत रिजालले बताउनुभयो ।